FAQs Complain Problems

संक्षिप्त परिचय

ककनी गाउँपालिका एक पहाडी गाउँपालिका हो, जुन समुन्द्र सतह देखि १८२८ मि. को उचाईमा रहेको छ । यस गाउँपालिका २७.२५७ उत्तरी अक्षांस र ८५.२४६४ पूर्वि देशान्तरमा अवस्थित छ ।यसको पूर्वतर्फ काठमाण्डौ महानगरपालिका र शिवपुरी गाउँपालिका अवस्थित छ । त्यसैगरी पश्चिम तर्फ बेलकोटगडी नगरपालिका पर्दछ भने उत्तर तर्फ लिखु गाउँपालिका पर्दछ र दक्षिणतर्फ धादिङ्ग जिल्लाको धुनिबेशी नगरपालिका पर्दछ ।

ककनी गाउँपालिका राज्यको पुन:संरचना अन्तर्गत ओखरपौवा साबिक गा.बि.स. का वडाहरु चाउथे, ककनी, मदानपुर, चतुराली र थानसिङ्घ गा.बि.स. का साबिक वडाहरुलाई एकिकृत गरी ककनी गाउँपालिका नयाँ स्थानिय संरचना निर्माण गरिएको हो । यस गाउँपालिकामा आठ वटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको सदरमुकाम साविक ककनी गा.बि. स. रानीपौवामा रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाती र धर्म सम्प्रदायको बसोबास रहेको छ । यहाँ ब्राह्रामण , क्षेत्री , गुरुङ्घ, नेवार, दलित, तमाङ्घ जातिको बसोबास छ जस मध्य आधी भन्दा बढी तमाङ्ग समुदायको बाहुल्य छ । त्यसैगरी यहाँ बस्ने मानिहरुले हिन्दु, मुश्लिम , ईसाइ, बौध्द धर्म मान्ने गर्दछन । आफ्नो धार्मिक आस्था अनुसार सामाजिक सदभाव राखि बिभिन्न चाडपर्व, सांस्कृतिक कार्यक्रमहरु मनाउँदै आएका छन ।

यस गाउँपालिका नुवाकोट कै सुन्दर पर्यटकिय स्थलको रुपमा चिनिन्छ । यहाँ मल्लकालिन पुरातात्विक दरबार ( बसन्ती दरबार ), अबिरल बगिरहने फुङ्ग:फुङ्घे झरना , ककनी हाईटबाट देखिने हिमालका दृश्यहरुले पर्यटकहरुको मन लोभ्याएको छ । त्यसैगरी कृषिमा आत्मनिर्भर हुनको लागि र कृषि पर्यटनको बिकासको निम्ति यहाँ बिशेष गरी रेम्बो ट्राउट माछा, किबि र स्ट्रबेरिको उत्पादन तथा बजारिकरण हुदै आएको छ ।